सिराहा । सिराहाको लहान नगरपालिका १ बाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति लहानस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लागूऔषध डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगन गरी जम्मा ६० एम्पुलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा लहान नगरपालिका १ बस्ने ३० वर्षीय बोना उर्फ राम बाबु दास र ३१ वर्षीय राम उदगार पुर्वे रहेका छन् । उनीहरू लु ७३ प ५३८ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार मोटरसाइकलमा शंका लागेपछि जाँच गर्दा लागूऔषध फेला परेको हो ।
उनीहरूसँग डाइजेपाम २० एम्पुल, बुप्रेनोर्फिन २० एम्पुल र फेनारगन २० एम्पुल फेला परेको हो । हाल दुवै जना माथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




