सिराहा । सिराहा जिल्लाको गोलबजार नगरपालिका १ गागन खोलाको झोलुङे पुलबाट २ किलो अवैध लागूऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति गोलबजार नगरपालिका १ मुक्सार टोल निवासी २७ वर्षीय मुनिन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
प्रहरी चौकी मुक्सारबाट खटिएको टोलीले गोलामुक्सारबाट मुक्सारतर्फ आउँदै गरेको स ५ प ८६८४ नम्बरको मोटरसाइकलमा सवार साहलाई आइतबार दिउँसो शंका लागि चेकजाँच गर्दा साथमा गाँजा फेला परेको हो ।
उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




