सप्तरी । बोदेबरसाइन नगरपालिका १० अमरैया टोलस्थित एक घरमा सोमबार राति भएको भीषण आगलागीबाट ठूलो धनमालको क्षति भएको छ । स्थानीय नाथ प्रसाद यादवको घरमा अचानक लागेको आगोका कारण करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको खबर पाउने बित्तिकै स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरी टोलीले आगो नियन्त्रणमा ल्याएको थियो । आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्नपात, भाँडाकुँडा लगायतका सामाग्री पूर्णरूपमा नष्ट भएका छन् ।
हाल आगलागीको कारण खुल्न सकेको छैन भने प्रहरीले यस विषयमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।




