बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ स्थित पथलैया चोकमा अवैध लागूऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । बुधबार दिउँसो प्रहरीले सर्लाहीका ५४ वर्षीय विरेन्द्र चौधरीलाई करिब ७ किलो ४७० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट मलंगवातर्फ जाँदै गरेको ना ५ ख ४८२२ नम्बरको यात्रुबाहक बसमा सवार अवस्थामा चौधरीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका चौधरीमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




