बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका ७ मलाही टोलका ३४ वर्षीय धर्मेन्द्र सहनी मलाहालाई शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा उनलाई १० किलो ७७८ ग्राम गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सहनी उक्त गाँजा बोकेर बसमा यात्रा गरिरहेका थिए । बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।




