रौतहट । रौतहटको गरुडा नगरपालिका ८ जिगडियास्थित सडकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिआर ३० यु ४४१४ नम्बरको मोटरसाइकललाई ना ५ च १५८ नम्बरको पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका माधवनारायण नगरपालिका ३ का ४० वर्षीय दिनानाथ साहको बेटर नेपाल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन् ।
घाइतेको अनामिका हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि फरार रहेको पिकअप चालकको खोजी भइरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




