रौतहट । रौतहटको कटहरिया नगरपालिका ९ स्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डष्ट्रिज प्रा.लि. मा विद्युत सर्टको कारण बुधबार बिहान भीषण आगलागी भएको छ ।
आगलागीबाट करिब १४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अचानक आगलागी भएपछि स्थानीय बासिन्दा, उद्योगका कर्मचारी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो ।
यद्यपि, आगलागीले उद्योगको महत्वपूर्ण सामाग्रीहरूमा क्षति पुर्याएको छ । प्रहरीका अनुसार घटनाको कारण प्रारम्भिक रूपमा विद्युत सर्ट भएको अनुमान गरिएको छ । हाल घटनाको थप विवरण र क्षतिको यथार्थ मूल्यांकनका लागि आवश्यक अनुसन्धान भइरहेको छ ।




