ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका ४ आहाले बस्ने २२ वर्षीय मन कुमार विकलाई आफ्नै भाइ २० वर्षीय रोशन विकको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, घरायसी विवादलाई लिएर मन कुमारले खुकुरी प्रहार गर्दा रोशनको मृत्यु भएको हो । घटना बारे खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय दोभानबाट खटिएको टोलीले मन कुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




