रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका १० दुधिअवास्थित सडकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
को २ च ३२६३ नम्बरको गाडीले प्र २–०३–००५ प ३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । ठक्करबाट कटहरिया नगरपालिका ५ का ६० वर्षीय सुशिल रोक्का क्षेत्री गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि वीरगंजस्थित नेश्नल मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का एक व्यक्ति पनि घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि गाडी चालक फरार रहेका छन् । हाल प्रहरीले फरार चालकको खोजी कार्य जारी राख्नुका साथै घटना सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




