पर्सा । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ झलमैया चोकबाट १ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । सोही स्थानका २५ वर्षीय चुनु कुमार यादवलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी बुढगाइबाट खटिएको प्रहरी टोलीले उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा साथमा रहेको झोलाबाट गाँजा फेला पारेको थियो । पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




