धनुषा । धनुषाको शहिदनगर नगरपालिका २ मतौनामा गएराति आगलागी हुँदा एक घुम्ती पसल पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय राम शरण यादवको स्वामित्वमा रहेको उक्त पसलमा लागेको आगलागीबाट करिब २ लाख २५ हजार रूपैयाँ बराबरको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी नियन्त्रणमा लिन प्रहरी र स्थानीय बासिन्दाले संयुक्त प्रयास गरेका थिए । हाल घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




