पर्सा । पर्साको बहुदरमाई नगरपालिका २ मा बुधबार बिहान भएको आगलागीमा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय राजु रामको घरमा आगलागी हुँदा घर भित्रका सामान पूर्ण रूपमा जलेका छन् ।
आगो निभाउने क्रममा घाइते भएका राजुलाई उपचारका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






