बारा । बारामा ४० वर्षीया महिला ब्राउनसुगरसहित पक्राउ परेकी छन् । बारा जिल्लाको फेटा गाउँपालिका १ त्रिवेणी बस्ने ४० वर्षीया पार्वती महतो अवैध लागूऔषधसहित पक्राउ परेकी हुन् ।
मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले उनको घरमा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने १० ग्राम १ सय ६० मिलिग्राम पदार्थ फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरीले बरामद पदार्थलाई परीक्षणका लागि पठाएको र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।




