रौतहट । बारा र रौतहट जिल्लामा बुधबार बिहान छुट्टाछुट्टै आगलागी हुँदा करिब २ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका १९ ईनर्वासिरा बस्ने चन्देश्वर प्रसाद यादवको गोठमा बिहान आगलागी हुँदा करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी रौतहटको राजदेवी नगरपालिका ४ गरहिया टोल बस्ने राजकली देवीको गोठमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले दुबै घटना बारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।




