सिराहा । सिराहा जिल्लाको विष्णुपुर गाउँपालिका १ बाट करिब ७ ग्राम ३१० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले सिराहाबाट चौहर्वा तर्फ जाँदै गरेको प्र २–०१–००१ ज ००४३ नम्बरको विङ्गर जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ बस्ने ३८ वर्षीय दिनेश सुनारसहित अन्य दुई जना रहेका छन् । उनीहरू सवार विङ्गरमा तलासी गर्दा खैरो हेरोइन जस्तो देखिने उक्त पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




