सिराहा । सिराहा जिल्लाको कर्जन्हा नगरपालिका ३ बन्दिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका ४ बडहरा मालटोल बस्ने २६ वर्षीय लाल बाबु मण्डल रहेका छन् ।
आइतबार दिउँसो इलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको टोलीले उनलाई करिब १ ग्राम ३ सय १० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले मण्डललाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा राखेको जनाएको छ ।






