धनुषा । जनकपुरधाम उपमहानगरपालिका २० मा अवस्थित एक कपडा तथा कस्मेटिक पसलमा आइतबार राति आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीको कारण खुलेको छैन ।
आगो निभाउन स्थानीयबासी, पसल सञ्चालक र सुरक्षाकर्मीहरूले प्रयास गरेका थिए । तर, ठूलो परिमाणमा पसलका सामान नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।






