सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ७ ब्रहमपुरका इनरदेव चौधरीको गोठमा सोमबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीका क्रममा इनरदेवकी ५० वर्षीया श्रीमती संझा देवी चौधरी घाइते भएकी छन् । उनलाई उपचारका लागि राजविराजतर्फ पठाइएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






