सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका २ हरिराहा टोलमा बिहिबार बिहान भएको आगलागीमा करिब १० लाख ९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय छुतहरू मंण्डल खंङको घर र गोठमा अचानक आगो लाग्दा घरभित्रका लत्ता कपडा, अन्नपात, घरायसी सामानसहित गोठमा बाँधिएका पशुचौपायामध्य एक गोरु समेत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको थियो । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






