कैलाली । धनगढी उपमहानगरपालिका ३ ब्यारेलबाट प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका ३ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित २ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका ७ मनेहरा बस्ने २९ वर्षीय संजित राना र २८ वर्षीय सोभत राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु प प्र ०१-०१२ प ६५५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका ३ व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित डडेल्धुरा अम्मरगढी नगरपालिका ७ बस्ने २५ वर्षीय प्रकाश भट्टराई रहेका छ्न् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।




