रौतहट । रौतहटको विभिन्न स्थानमा मंगलबार बिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शन गरेका छन् । जेनजी युवा पुस्ताले भ्रष्टाचारसहितका बेथितीका विरुद्ध भइरहेको प्रदर्शनमा सोमबार भएको सरकारी दमनका विरुद्ध प्रदर्शन गरेका हुन् ।
चन्द्रपुर, गौर, गरुडासहितका क्षेत्रमा भेला भएका उनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्को नाराबाजी गरिरहेका छन् । जेनजी आन्दोलनका कारण राजमार्गको यातायात पनि प्रभावित भएको छ ।
जेनजी प्रदर्शनलाई मध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडा बनाइएको छ । यहाँको मुख्य चोक चोकमा बक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
जेनजीको प्रदर्शनमा छिटफुट बाहेक कुनै किसिमको अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।




