जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका ५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वनमा जेनजी आन्दोलनकारीले १८३ वटा सालका रुख काटेका छन् ।
उपभोक्ता समितिका अध्यक्ष विनय झाका अनुसार भदौ २४ गते आन्दोलनका क्रममा युवाहरू वन कार्यालयमा आगजनी गर्न पुगेका थिए । तर, कार्यालयमा आगो लगाउन नसकेपछि उनीहरू वनमा पसि १८ वटा रुख काटिएको छ ।
आन्दोलन रोकिएको भोलिपल्ट अर्थात् भदौ २५ गते पनि रुख ढाल्ने क्रम रोकिएन । सो दिन मात्रै १६५ वटा सालका रुख काटिको समितिले जनाएको छ ।
घटनामा संलग्न दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर त्यसैदिन गाउँका अन्य अराजक समूहले प्रहरी नियन्त्रणमै रहेका उनीहरूलाई जबर्जस्ती छुटाएका थिए ।




