जनकपुर । मधेश प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका प्रदेशका सहिद परिवारलाई प्रति परिवार दुई लाख ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहका अनुसार, आज बसेको मन्त्रिपरिषद् बैठकले सुशासन र भ्रष्टाचार नियन्त्रणको मागसहित भएको आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने शहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको हो ।
बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचारको प्रबन्ध मिलाउने निर्णय समेत गरेको छ ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुर्याउने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउनु पर्नेमा जोड दिएको छ ।
बैठकले जेनजी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानको दायराभित्रैबाट खोजिनु पर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र क्षति पुर्याउने घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही अघि बढाउनु पर्नेमा जोड दिएको छ ।
बैठकले जेनजी पुस्ताले अघि सारेका मागहरूको समाधान वर्तमान संविधानको दायराभित्रैबाट खोजिनुपर्ने निर्णय गरेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।




