कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका ६ ‘ङ’ गाउँबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने ९ सय मिलिग्राम लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेला पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका १२ जुगेडा बस्ने १९ वर्षीया संगिता राना, लम्कीचुहा नगरपालिका ९ बस्ने २० वर्षीया रेनुका चौधरी र कञ्चनपुर बेलौरी नगरपालिका ४ बस्ने १८ वर्षीया किशोरी रहेका छन् ।
उनीहरूलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरसहित खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।






