रूपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका १ ठुठिपिपलस्थित सडकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । स्कुटर शुक्रबार राति अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको लु २० प ८९११ नम्बरको स्कुटर दुर्घटना हुँदा सोही गाउँपालिका ७ जनकपथ बस्ने १७ वर्षीय प्रिन्स राना गम्भीर घाइते भएका थिए । उपचारका लागि मेडिकल कलेज भैरहवा पुर्याइएका उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




