महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका ३ गौरीडाँडाबाट प्रहरीले खैरो हेरोइन जस्तो देखिने ९७ ग्राम १६० मिलिग्राम लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार बिहान इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले गाईघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख १८९८ नम्बरको हायस गाडीमा चेकजाँच गर्ने क्रममा सिराहा मिर्चैया नगरपालिका ६ बस्ने २४ वर्षीय रोहित महतोलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






