काठमाडौं । काठमाडौंको बालाजु बाइपासमा आइतबार बिहान बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । काठमाडौं महानगरपालिका १६ बालाजु बाइपासमा बा ५ ख ५० नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले जानकारी दिए ।
‘दुर्घटनामा ३४ जना घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म कसैको मृत्यु भएको छैन,’ एसपी गिरीले बताए । प्रहरीका अनुसार बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो ।






