पर्सा । वीरगन्ज महानगरपालिका ८ स्थित वडा कार्यालयमा बुधबार बिहान आगलागी हुँदा करिब १८ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा लिन स्थानीय बासिन्दाले सहयोग गरेका थिए । आगलागी नियन्त्रणमा आएपनि कार्यालयका महत्वपूर्ण सामग्री जलेर नष्ट भएका छन् ।
आगलागीको कारण खुलेको छैन । यस बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






