जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका ७ समाकोटमा खोलामा पौडी खेल्ने क्रममा एउटै घरकी दिदी बहिनीको ज्यान गएको छ ।
स्थानीय धनबहादुर सिंहकी १८ वर्षीया छोरी मिनाकुमारी सिंह र १५ वर्षीया छोरी गीताकुमारी सिंह शुक्रबार दिउँसो करिब साढे ४ बजे खुर्पा खोलामा पौडी खेल्ने क्रममा बगेर मृत्यु भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार पौडी खेल्दा बहिनी गीताकुमारी खोलामा बग्न थालेपछि दिदी मिनाकुमारीले बचाउन खोजेकी थिइन् । तर दुवै जना बग्दा ज्यान गुमाउनु परेको हो ।
प्रहरी र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा करिब दुई सय मिटर तल उनीहरूको शव फेला पारिएको प्रहरीले जनाएको छ ।






