रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ९ चेतनगर बजारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । शनिबार राति करिब साढे ८ बजेको समयमा मोटर चलाउने क्रममा करेन्ट लाग्दा स्थानीय दिनेश साहकी २८ वर्षीया श्रीमती मिंकुदेवी साहको निधन भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मिंकुले घरमा रहेको मोटर चलाउने क्रममा कलमा अचानक करेन्ट प्रवाह हुँदा बायाँ हातमा करेन्ट लागेको थियो । करेन्ट लागेपछि परिवारका सदस्यले तत्काल उनलाई उपचारका लागि सिभिल अस्पताल चन्द्रनिगाहपुर पुर्याएका थिए ।
उपचारका क्रममा शनिबार राति साढे ९ बजे चिकित्सकले मिंकुलाई मृत घोषणा गरेका थिए । मृतकको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल लगिएको र आइतबार बिहान पोष्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।




