कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका २ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन् ।
शनिबार दिउँसो प्रहरीले १ ग्राम ४ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित धनगढी उपमहानगरपालिका ५ बस्ने ३० वर्षीय यलसन चौधरी र सोही उपमहानगरपालिका ५ मा डेरा गरी बस्ने घोडाघोडी नगरपालिका ११ घर भएका १९ वर्षीय पर्शुराम कठरियालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले सु प प्र ०१–००१ प २५६८ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






