सिराहा । सिराहाको सुखीपुर नगरपालिका ६ बडहरी टोलमा बुधबार बेलुकी भएको आगलागीमा करिब ८ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय प्रहरीका अनुसार, नथुनी मोचीको घरमा अचानक आगलागी भएको थियो । आगलागीपछि स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण खुलेको छैन ।
घटनामा कुनै जनहानि नभए पनि घरभित्रका लत्ताकपडा, अन्नपात, फर्निचर लगायतका सामाग्री पूर्ण रूपमा जलेका छन् । प्रहरीले आगलागीको कारण बारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।






