चितवन । राप्ती नगरपालिका २ सिमराचोक स्थित सडकमा बुधबार बेलुकी भएको स्कुटर दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । बा प्र ०२-०५६ प १११५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो ।
स्कुटरले ठक्कर दिँदा रौतहट माधव नारायण नगरपालिका ८ बस्ने २४ वर्षीय रूपेश राय यादव गम्भीर घाइते भएका थिए । घाइते यादवलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक पनि घाइते भएका छन् र उनी सोही अस्पतालमा उपचाररत छन् । प्रहरीले दुर्घटनाको कारण बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।






