सप्तरी । सप्तरी र महोत्तरीमा बिहीबार राति आगलागी हुँदा चार जनाको घर र अटो पूर्ण रूपमा जलेर नष्ट भएको छ । सप्तरीको रूपनी गाउँपालिका र महोत्तरीको मटिहानी नगरपालिका आगलागी भएको हो ।
सप्तरीको रूपनी गाउँपालिका १ रूपनी बस्ने ललित यादवको घरमा विद्युत सर्ट भई बिहीबार राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने अन्य ३ जना व्यक्तिहरूको घरमा समेत आगलागी हुँदा चारै जनाको गरी करिब ५० लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै महोत्तरीको मटिहानी नगरपालिका ८ बस्ने ३५ वर्षीय लक्ष्मी खत्वेको आफ्नै घर अगाडि पार्किङ गरी राखेको ज १ ह ३४७२ नम्बरको अटोमा गए राति आगलागी हुँदा अटो पूर्णरूपमा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






