धनुषा । धनुषाको विदेह नगरपालिका २ दुहबीस्थित छेदी ठाकुरको गोठमा सोमबार साँझ आगलागी हुँदा करिब १ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीमा गोठमा राखिएको गोठाला सामान, खाद्यान्न र अन्य घरायसी सामाग्री जलेर नष्ट भएका हुन् ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएपनि सम्पूर्ण सामग्री जलेका कारण ठाकुर परिवारलाई ठूलो आर्थिक क्षति पुगेको जनाइएको छ । आगलागीको कारण खुलेको छैन । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।






