रूपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका ४ बसन्तपुरस्थित सडकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार, प्र ३–०१–००२२ च ३७१५ नम्बरको कारलाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा कार चालक मायादेवी गाउँपालिका ८ बस्ने ५५ वर्षीय राजु विश्वकर्मा गम्भीर घाइते भएका थिए ।
उनीलाई उपचारका लागि भिम अस्पताल, भैरहवा लगिएको थियो, तर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हाल ठक्कर दिने सवारी फरार रहेको र घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




