मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका ७ लच्कास्थित सडकमा ग्यास बुलेट र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले बा प्र २–०५७ प २५३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ सिन्धुपालचोक चौतारा नगरपालिका ५ का निवासी हुन् । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, स्कुटरमा सवार अन्य दुई जना घाइते भएका छन् । उनीहरूको उपचार एलाईभ अस्पताल, चितवनमा भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनापछि प्रहरीले ग्यास बुलेट चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जनाएको छ ।






