दाङ । रुपन्देहीको कन्चन गाउँपालिका ५ स्थित फायरलाइन भित्री सडकमा भएको कार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार गएराति अनियन्त्रित भई सडक छेउमा रहेको बाँझो रुखमा ठोक्किँदा करिब तीन मिटर तल खसेको थियो ।
दुर्घटनामा गाडीमा सवार सैनामैना ८ का ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका ५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको घटनास्थल वा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतकमध्ये आचार्यको गएराति १२:३० बजे पिपरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो भने थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटना स्थलमा गाडीमा सात जना सवार थिए ।
दुर्घटनामा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समिर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भीर घाइते भएका छन् । उनीहरूको उपचार हाल लुम्बिनी सिटी अस्पताल बुटवल र मर सिटी अस्पताल बुटवलमा भइरहेको छ । प्रहरीले घाइतेहरूको स्वास्थ्य अवस्था निगरानीमा राख्दै थप अनुसन्धान सुरु गरेको जनाएको छ ।




