महोत्तरी । भंगाहा नगरपालिका ५ राजपुर बजारमा दिनेश साह सोनारको घुम्ती पसल र अहमद राइनको घुम्ती पसलमा विद्युत सर्टबाट आगलागी हुँदा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ । घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






