सिराहा । सिराहाको मिर्चैया नगरपालिका ७ जिवा टोलबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये सोही टोलका २६ वर्षीय सन्तोष साह र २५ वर्षीय दिपेन्द्र कुमार मण्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुकी मण्डलको घर तलासी गर्ने क्रममा २ ग्राम ६४० मिलिग्राम लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ र प्रारम्भिक परीक्षणपछि उक्त पदार्थ ब्राउनसुगर नै पुष्टि हुने जनाएको छ ।






