मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट खैरो हेरोइन जस्तो देखिने ४९० मिलिग्राम लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ बस्ने २० वर्षीय सतिश मगर हुन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज १०९४ नम्बरको गाडीमा सवार मगरलाई शंका लागी चेकजाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार पक्राउ परेका मगरमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






