पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिका ९ बाट ९ किलो ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजासहित तीन भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार बैशाली बिन्दुपुर ७ का २३ वर्षीय राजा कुमार, बैशाली राजमाइल पञ्चायत १३ का २३ वर्षीय विशाल कुमार र बिहार छपरा सोनपुर ३ सवलपुर नयाँ टोलका २३ वर्षीय पिन्टु कुमार रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले गाँजा अवैधरूपमा ओसारपसार गर्ने प्रयास गरेका थिए ।
उनीहरूबाट बरामद गाँजा र अन्य वस्तुहरू प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






