बारा । बारामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१६ टागियामा गए राति प्रदेश २ ०३-००२-५३३५ नम्बरको मोटरसाइकल र बा ६५ प २७५६ नम्बरको अर्को मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक नुवाकोट गुम्ताङका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका ९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीय सुनैना देवी साह रहेका छन् । तीनै जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।






