कपिलवस्तु । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका ७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश देवरिया गिडा पोष्ट घर भएका २२ वर्षीय राकेश निसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




