महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका २ बुद्धचोकमा शुक्रबार राति ई–रिक्सामा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएको छ । बिसुनी मण्डलको घरमा चार्जमा राखिएको प्र २–०२–१ स १९२३ नम्बरको ई–रिक्सामा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करिब २ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । प्रहरी तथा स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिन सफल भएपनि ई–रिक्सा पूर्ण रूपमा नष्ट भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






