सिराहा । सिराहा र बारामा अवैध लागूऔषधसहित चार जना पक्राउ परेका छन् । सिराहाको नवराजपुर गाउँपालिका ४ नवराजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सप्तरी सुरुङ्गा नगरपालिका ७ चक्रदहा बस्ने २१ वर्षीय बिक्रान्त चौधरी र सिराहा लहान नगरपालिका १ मटिहरवा बस्ने २६ वर्षीय शितल चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स १० प ७८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै बारा जीतपुरसिमरा उपमहानगरपालिका ५ लल्का पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४४ ग्राम ४ सय मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा पटेर्वा सुगौली गाउँपालिका ६ बस्ने ३५ वर्षीया सुसिला देवी र पोखरिया नगरपालिका ७ बस्ने ३० वर्षीया पुजा देवी रहेकी छिन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






