सिराहा । सिराहा नगरपालिका ७ मा सोमबार दिउँसो आगलागी हुँदा तीन घरमा ठूलो क्षति भएको छ । स्थानीय २६ वर्षीय जीवनेश्वर यादवको घरबाट सुरु भएको आगो फैलिँदै उनका दाई ३५ वर्षीय जीवछ यादव र ४७ वर्षीय राम कुमार यादवको घरमा समेत पुगेको छ ।
घरेलु वस्तु, अन्नपात र अन्य धनमाल जलेर करिब १ लाख ७० हजार रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ भने घटनाको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान सुरु गरिएको छ ।
स्थानीय प्रहरीले आगलागी नियन्त्रणमा तत्काल सहयोग पुर्याउने र पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।






