रौतहट । रौतहटको कटहरिया नगरपालिका ३ बर्तीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सोही स्थानका करण साह सोनारका ४ वर्षीय छोरा शिवराम साह सोनार बुधबार दिउँसो पोखरीमा डुबेपछि गम्भीर अवस्थामा भेटिएका थिए ।
डुबेर अशक्त बनेका बालकलाई तत्काल उपचारका लागि प्राथमिक उपचार केन्द्र कटहरिया लैजाने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।




