सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिका २ बरमझियाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ७८ किलो गाँजासहित सुनसरी धरान उपमहानगरपालिका १३ बस्ने २५ वर्षीय संजय श्रेष्ठलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरी समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा फल्सबटम बनाई २८ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक संजयलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




