पर्सा । पर्साको बहुदरमाई नगरपालिका ७ छप्कैया बस्ने सुरेश महतो कोईरीको घरमा विद्युत सर्ट भई बिहिबार दिउँसो आगलागी हुँदा करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






